• ३१ भदौ २०८३, बुधबार
  • ७ः०८ बेलुका

युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन

प्रकाशित मिति

२०८१ मंसिर २३ गते, आईतवार १०:१६

मंसिर २३, २०८१ काठमाडौँ: बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन ।

National Life

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक आधिकारिक नेशनल चेम्बर अफ एग्रिकल्चर (जापान) द्वारा ललितपुरमा आज आयोजित एकदिने रोजगार परामर्श समिनारलाई सम्बोधन गर्दै मन्त्री महर्जनले कृषि क्षेत्रमा ठूलो आयात भइरहेकोले युवालाई कृषि उत्पादनमा जोड्न सिप दक्षतालाई अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

युवाको विदेश पलायनलाई रोक्दै स्वदेशमै श्रम, रोजगार, उद्यमी र व्यवसायी बनाउनुपर्ने उहाँको भनाई थियो । उहाँले देशको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले युवालाई विभिन्न निकायबाट सीप सिकाउने काम भए पनि त्यो प्रभावकारी नबनेको तथ्य उल्लेख गर्दै तालिम र रोजगारीसँगसँगै जोडिनुपर्ने बताउनुभयो ।

उहाँले बेरोजगारीको समस्या सम्बोधन गर्न श्रम, व्यवसाय र रोजगारी सिर्जना हुनेसक्ने गरी बागमती सरकारले सार्थक श्रम नीति र युवा मैत्री कार्यक्रम ल्याउन पहल गरेको जानकारी दिनुभयो ।

सेमिनारले तय गरेको श्रम, रोजगार र कृषिमा नीतिगत सुझावका आधारमा रोजगारीको व्यवस्थापन, सीप विकासका साथै कृषि क्षेत्रमा युवाको हित प्रवद्र्धन गर्न अगाडि बढ्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री महर्जनले बताए । आर्थिक सक्षमता नभएसम्म नागरिक सफल हुन नसक्ने उनको भनाइ थियो ।

नेपाल भौगोलिकरूपले विशिष्ट तथा प्राकृतिक स्रोतरसाधन सम्पन्न मुलुक भएकोले कृषि विकासका लागि अथाह संभावना र पहिचान बोकेको हाम्रो देश कृषि प्रधान देश भएकोले नेपाललाई कृषि विकासले आत्मनिर्भरताको बाटो तिर अघि बढाउन सकिने डा. अनोज शाक्यले बताउनुभयो ।

डा. शाक्यले नेपालबाट उचित रूपमा शिक्षित जनशक्ति जापानमा पठाउन आवश्यक छ र नेपालको कृषि क्षेत्रको भविष्यलाई अगाडि बढाउन यी जनशक्तिले ठुलो भूमिका खेल्ने भएकोले नेपाली युवा अस्थायी कामदारका रूपमा मात्र नभई जापान र नेपालबीचको दक्ष जनशक्ति पठाउनले दुई देशबीचको पुलको काम गर्न सकिने बताए ।

प्रतिकृया