• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

मानवसेवा आश्रम निर्माणार्थः दोस्रो दिन ३६ लाख नगद संकलन, वीरेन्द्रनगरले एउटा ब्लग निर्माण गर्ने

प्रकाशित मिति

२०८१ मंसिर २३ गते, आईतवार १०:११

मंसिर २३, २०८१ सुर्खेत : कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञ सुर्खेतको वीरेन्द्रनगरमा जारी छ । शुक्रबारदेखि सुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २८ मंसिरसम्म चल्ने छ ।

महायज्ञको दोस्रो दिन नै आर्थिक दान गर्नेको लर्को लागिरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाले आश्रम भवनको एउटा व्लग नै निर्माण गर्ने घोषण गरेका छ । नगरपालिकाले बनाउने ब्लकमा एक करोड लागत लाग्ने अनुमान महायज्ञ मूल आयोजक समितिले गरेको छ । ‘हामीले आश्रम भवनको एउटा ब्लग निर्माण गर्ने घोषणा गरेका छौँ,’ वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले भनिन्, ‘पैसा जति लागे पनि राजधानीको पालिका भएकाले भवनको एउटा ब्लग नै निर्माण गर्ने निर्णय गरेका हौ ।’

Kamana Sewa

भागवत भाष्कर कमल नयन गौतमले कथा वाचन गरिरहेको उक्त महायज्ञबाट शनिवार मात्रै ३६ लाख ६५ हजार रुपैयाँ नगद विभिन्न दाताहरूमार्फत सङ्कलन भएको छ । महायज्ञ संयोजक डा.नराजक केसीका अनुसार महायज्ञमा एकै जना व्यक्तिले नगद १० लाख रुपैयाँसम्म दान गरेका छन् ।

Classic Tech Desktop

महायज्ञमा वीरेन्द्रनगर नगरपालिका–६ का समाजसेवी थिरकुमारी कार्कीले १० लाख १ सय रुपैयाँ दान गरेकी छन् । त्यस्तै डा. अर्चना कार्कीले परिवारको तर्फबाट सामूहिक ६ लाख ५१ हजार ११५ रुपैयाँ दान गरेकी छन् ।

मूल आयोजक समितिका संयोजक समेत रहेका डा.नवराज केसीले आफ्ना स्वर्गीय बुवा नेत्र खत्रीको सम्झनामा आश्रम भवनको एउटा कोठा निर्माण गर्ने भएको छन् । उनले आफ्नो परिवारको तर्फबाट संयुक्त रूपमा ६ लाख ५१ हजार ११५ रुपैयाँ दान गरेका छन् । यस्तै पदमबहादुर ढकालले ६ लाख ५१ हजार १२५ रुपैयाँ मानव सेवा आश्रम निर्माणका लागि सहयोग गरेका हुन् । आश्रम भवनको एउटा कोठा निर्माणका लागि ६ लाख ५१ हजार ११५ रुपैयाँ दान मूल समितिले निर्धारण गरेको छ ।

त्यस्तै सुर्खेतकै लेकवेशी नगरपालिकाले पनि मानव सेवा आश्रम भवनको एउटा कोठा निर्माण गरिदिने भएको छ । लेकवेशीका नगर–प्रमुख उमेशकुमार पौडेलले एउटा कोठा निर्माण गरिदिने घोषणा गरेका छन् । नगर–प्रमुख पौडेलले शनिवार महायज्ञमै सहभागी भएर भवनको एउटा कोठाका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।

महायज्ञ मूल आयोजक समितिका संयोजक केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ ।

उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो । अहिले मानव सेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ ।

प्रतिकृया