• ६ असोज २०८३, मंगलबार
  • ६ः०१ बेलुका

मन्त्री थापा ‘अल्ट्रासाउण्ड मेशिन’ सहित पुगे विकट गाउँपालिका महाभारत

प्रकाशित मिति

२०८१ मंसिर १९ गते, बुधबार ०६:५९

मंसिर १९, २०८१ काभ्रेपलाञ्चोक : काभ्रेपलान्चोकको महाभारत गाउँपालिका काठमाडौंबाट नजिकै रहेतापनि महिलाहरुको गर्भावस्थाको अवस्था जाँच गर्ने कुनै अत्याधुनिक यहाँसम्मकी अल्ट्रासाउण्ड मेशिन पनि थिएन । त्यस गाउँका महिलाहरुले अब त्यस्तो दुःख भोग्न नपरोस् भनेर बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा आफै अल्टासाउण्ड मेशिन, केही स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जब महाभारत गाउँ पालिका पुग्नुभयो, तब त्यहाँका धेरै नागरिकको मुहारमा खुसी तरंगित भएको देखियो ।

National Life

शिविरमा भिडियो एक्सरे र क्षयरोग पहिचानका लागि छातीको एक्सरे सेवा उपलब्ध गराईएको छ भने आँखा रोगको परीक्षण, उपचार तथा परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणका लागि शारीरिक परीक्षण र आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा उपलब्ध गराईएको छ । शिविरमा नागरिकहरुहरुको उल्लेख्य सहभागिता रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्टले जानकारी दिनुभयो ।

नजिकै स्वास्थ्य संस्था र स्वाथ्यकर्मीको अभाव झेलिरहेको काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा पहिलो पटक ‘ग्रामिण अल्ट्रासाउण्ड’ मेशिन पुगेको हो । यहाँका गर्भवति महिलालाई स्वास्थ्य परीक्षणका लागि टाढा धाउनु पर्ने समस्याबारे जानकारी पाएपछि वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा आफै अल्ट्रासाउण्ड मेशिन सहित केही स्वास्थ्य सामग्री बोकेर महाभारत गाउँपालिका पुग्नु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले वागमति प्रदेशका कोही पनि नागरिकले स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउन नपरोस भनेर आफू लागिरहेको बताउदै यस क्षेत्रलाई स्वास्थ्यको पहुँचमा सहज बनाउने कार्यमा आफू लागेको बताउनभयो । उहाँले प्रदेशका १३ वटै जिल्लाका विकट क्षेत्रका गाउँपालिकाहरुमा पनि आधारभूत स्वास्थ्य सेवाबाट समेत कतिपय नागरिक बञ्चित रहनु परेको अबस्थालाई अन्त्य गर्दै सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महाभारत गाउँपालिकाको–६ बनखुचौर स्थित आजाद आधारभुत विद्यालयमा मंगलबार सुरु भएको शिविर आज बुधबार महाभारत गाउँपालिका–१ गोकुले स्वास्थ्य चौकी धापमा सञ्चालन भएको छ । दुई वडामा दुई दिन भएको शिविरमा यहाँका एक हजार भन्दा बढी नागरिकहरुले विभिन्न स्वाथ्य सेवा लिने गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

नर्सर्ने रोगको पहिचानका लागि रक्तचापको मापन, रगतमा चिनीको जाँच तथा पिसावमा चिनी र प्रोटिनको जाँच, निशुल्क परिवार नियोजन सेवा अन्र्तगत पुरुषहरुको लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) तथा महिलाहरुका लागि लामो अवधीको परिवार नियोजनका साधन ९आईयुसिडी र इम्प्लान्ट० राख्ने शिविर, पाठेघरको मुखमा क्यान्सर देखिन सक्ने सम्भावना भएका महिलाहरुका लागि निशुल्क सेवा उपलब्ध गराएको छ ।

जिल्लामा स्वास्थ्य सेवा उपलब्ध गराउने विभिन्न मापदण्डमा महाभारत गाउँपालिका २०८०/२०८१ मा उत्कृष्ट पालिकाका रुपमा २०८१ असोज ११ गते सम्मानित भएको थियो । स्वास्थ्य शाखामा कार्यरत संगिता लामाका अनुसार शिविरमा विभिन्न खालका विशेषज्ञ सेवाहरु उपलब्ध भएकाले नागकिरहरुलाई सहज भएको हो ।

शिविरमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुर, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिस्ठान, नेपाल परिवार नियोजन संघ काभ्रे शाखा, महाभारत गाउँपालिकाको स्वास्थ्य शाखा तथा अन्य विभिन्न संघ संस्थाहरुले समन्वय गरेका थिए ।

प्रतिकृया