झापाको कनकाई-६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित
प्रकाशित मिति
२०८१ मंसिर १७ गते, सोमबार ०८:१२

मंसिर १७, २०८१ काठमाडौँ: झापाको कन्काई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएका जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।
उनका अनुसार नेकपा (एमाले) का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र) का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।
यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा (एमाले) का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएका थिए ।
कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।
Related
Recent News
- गभर्नरबारे प्रधानमन्त्रीको नयाँ तर्क- आफ्ना मान्छे होइन, ‘मेरिटोक्रेसी’बाट क्षमतावान ल्याउँछौँ
- मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
- सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया