• 8:35 am

कीर्तिपुर–१ को वडाध्यक्षमा कांग्रेसकै निरन्तरता, इच्छाकुमार विजयी

प्रकाशित मिति

२०८१ मंसिर १७ गते, सोमबार ०८:०२

मंसिर १७, २०८१ काठमाडौँ: कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार इच्छाकुमार महर्जन विजयी भएका हुन् । पाँच सय ६२ मतसहित उनी विजयी भएका हुन् ।

यस्तै नेकपा (एमाले)का हर्ष महर्जनले ४९८ मत प्राप्त गरे । यसैगरी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सरलगोपाल महर्जनले १७३ मत पाए ।

२०७९ को निर्वाचनमा यहाँ कांग्रेसका हिरालाल महर्नन ७७८ मतसहित विजयी भएका थिए । अहिले पनि कांग्रेसले त्यसैलाई निरन्तरता दिएको छ ।

प्रतिकृया