रूसले कब्जा गरेको क्षेत्र रूसलाई नै छोड्न युक्रेन तयार
प्रकाशित मिति
२०८१ मंसिर १६ गते, आईतवार ०४:०६

मंसिर १६, २०८१ काठमाडौँ: युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न युक्रेनमा आफ्नो शासन रहेको भागलाई “नेटोमा समावेश गर्न” सुझाव दिएका छन् । स्काई न्यूजसँगको एक अन्तर्वार्तामा जेलेन्स्कीलाई युक्रेनले हाल बाँकी रहेको क्षेत्रफलको साथमा नेटोको सदस्यता स्वीकार गर्छ कि गर्दैन भनेर सोधिएको थियो ।
यसबारे युक्रेनका राष्ट्रपतिले आफूले त्यसो प्रस्ताव स्वीकार गर्ने बताएका छन् । तर सबैभन्दा पहिले सम्पूर्ण युक्रेनलाई आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमासहित नेटोको सदस्यता दिइएमा मात्रै यस्तो हुने उनले बताए ।
जेलेन्स्कीले भने – युक्रेनले रूसी नियन्त्रणबाट क्षेत्र फिर्ता लिन “कूटनीतिक रूपमा” वार्ता गर्न प्रयास गर्न सक्छ । तर, जेलेन्स्कीले अहिलेसम्म आफूलाई यस्तो प्रस्ताव कसैले नगरेकोले यो सुझाव पूर्णतया सैद्धान्तिक नभएको नेटोले जेलेन्स्कीको यो सुझावलाई विचार गर्नेछ वा गर्दैन भन्नेमा शंका छ।
प्रतिकृया