• ३१ भदौ २०८३, बुधबार
  • १०ः१५ राती

एसीसी यू-१९ एसिया कप : श्रीलंकाविरुद्ध जितका लागि नेपालले पायो २ सय ३४ रनको लक्ष्य

प्रकाशित मिति

२०८१ मंसिर १४ गते, शुक्रबार ०२:२९

मंसिर १४, २०८१ काठमाडौँ: यूएईमा सुरु एसीसी यू–१९ एसिया कप २०२४ मा नेपालले श्रीलंकाविरुद्ध जितका लागि २ सय ३४ रनको लक्ष्य पाएको छ। यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको श्रीलंका निर्धारित ५० ओभरमा २ सय ३३ रन बनाउँदा अलआउट भयो।

National Life

चौथो विकेटका लागि लाकभिन अबेसिङगे र सारुजन सानमुगानाथनले ८७ बलमा ७९ रनको साझेदारी गरेपछि श्रीलंकाले चुनौतीपुर्ण योगफल तयार पारेको हो। सानमुगानाथनले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ९९ बलमा २ चौका प्रहार गर्दा सन्तोष यादवको हातबाट बोल्ड आउट भए।

नेपालका नरेन साउदले अन्तिम ओभरमा लगातार दुई विकेट लिर्दै श्रीलंकालाई अलआउट गराएका हुन्। लाक्भिन ५० रन बनाउँदा क्याच आउट भए। दिलनुथ सिगेरा र भिमाथ दिनसाराले समान २४ रन थपे।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालका लागि सन्तोष यादव एक्लैले चार विकेट लिए। उनले आफुनो स्पेलमा ४५ रन खर्चे। युवराज खत्रीले दुई विकेट झारे। हेमन्त धामी र नरेन साउदको नाममा समान एक विकेट रह्यो। नेपाली युवा टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिकृया