• 7:41 pm

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते

प्रकाशित मिति

२०८१ मंसिर १४ गते, शुक्रबार १२:०७

मंसिर १४, २०८१ काठमाडौँ: दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

सदरमुकाम घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस बिजौरीको डाँडागाउँनेर दुर्घटना हुँदा २१ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान १० बजेतिर दुर्घटना भएको उक्त बसमा ३२ जना सवार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बस चालक घोराही-१० का मनोज चौधरी फरार छन् । बस सडकबाट करिब तीन मिटर तल खसेको छ ।

प्रतिकृया