• १ असोज २०८३, बिहीबार
  • ८ः४४ बिहान

उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०८१ मंसिर १४ गते, शुक्रबार ११:५३

मंसिर १४, २०८१ काठमाडौँ: सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ ।

National Life

मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन् ।

सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो । सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया