• ६ असोज २०८३, मंगलबार
  • १२ः२५ दिउँसो

ललितपुर महानगरले सरसफाइ अभियान चलाउने

प्रकाशित मिति

२०८१ कार्तिक ५ गते, सोमबार ०४:३८

कार्तिक ५ , २०८१ काठमाडौँ: ललितपुर महानगरपालिकाले आउँदो शनिबार अविरल वर्षाका कारणले भएको फोहोर र क्षतिको सरसफाइ गर्ने भएको छ ।

National Life

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर महानगररपालिकाका प्रमुख चिरिबाबु महर्जनले अविरल वर्षाका कारणले शहरको सौन्दर्य र वातावरणमा असर परेको हुँदा सरोकारवाला निकाय र संघ संस्थाहरू समेतको सहकार्यमा सरसफाइ गर्न लागेको जानकारी दिएका छन् ।

उनले भने, ‘असोज ११ र १२ को बाढीले जति पनि सामान बगाएर ल्यायो छ त्यो छरिएर बसेको छ । जसले गर्दा लाज लाग्ने भएको छ । यति समय भइसक्दा पनि त्यो ठाउँमा कसैले सफाइ अभियान चलाएको छैन । सबैलाई सफाइ अभियानमा भाग लिएर ललितपुर महानगरपालिकालाई हिजोकै अवस्थामा लान अनुरोध गर्दछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

यसको साथै, उनले विपद्बाट सिकेर अब पर्नसक्ने जोखिममा तयार हुनुपर्ने भन्दै सबै जना एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिकृया