साफ महिला च्याम्पियनसिप : भुटानले श्रीलंकालाई हरायो
प्रकाशित मिति
२०८१ कार्तिक ५ गते, सोमबार ०४:३४
कार्तिक ५ , २०८१ काठमाडौँ: साफ महिला फुटबल च्याम्पियनसिप २०२४ मा भुटानले श्रीलंकालाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ को गोलअन्तरले पराजित गरेको हो । भुटानका लागि डेकी ल्हाजोम, दोर्जी एडन र नामज्ञेल डेमाले गोल गरिन् । श्रीलंकाका लागि थुशानी मदुशिकाले एक गोल फर्काइन् ।
खेलको आठौं मिनेटमा डेकीले गोल गर्दै भुटानलाई अग्रता दिलाइन् । २२औं मिनेटमा थुशानीले श्रीलंकाका लागि गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् ।
३१औं मिनेटमा दोर्जेले भुटानका लागि दोस्रो गोल गरिन् । ७५औं मिनेटमा देकीले भुटानका लागि तेस्रो गोल गरिन्। ७८औं मिनेटमा नामज्ञेलले भुटानका लागि चौथो गोल गरिन् ।
यससँगै भुटानले आफ्नो पहिलो जित हासिल गरेको छ । यसअघि नेपालसँग भुटानले गोलरहित बराबरी खेलेको थियो ।
अर्को खेलमा नेपाल र माल्दिभ्स आज साँझ साढे ५ बजे आमनेसामने हुनेछन् ।






प्रतिकृया