• 5:44 pm

अध्यादेश ल्याउन मानेनन् देउवा, मन्त्रिपरिषद् बैठक स्थगित

प्रकाशित मिति

२०८१ कार्तिक ५ गते, सोमबार ०४:४१

कार्तिक ५ , २०८१ काठमाडौँ: सोमबार (आज) साँझ ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठक साँझ बोलाइएको तर, अन्तिम समयमा स्थगित भएको उल्लेख गर्दै एक मन्त्रीले कारणबारे थाहा नभएको बताए ।

स्रोतले उल्लेख गरेअनुसार आजको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेबारे छलफल हुँदै थियो । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस भने अध्यादेश ल्याउने सन्दर्भमा तयार भएको छैन ।

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार अहिले कांग्रेस अध्यादेशको विपक्षमा छ । “अहिले कांग्रेस अध्यादेशको विपक्षमा छ,” उनले भने, “हतार किन गर्ने ?”

यसअघि आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यहाँबाट ‘पार्टीमा कुरा राख्छु’ भन्दै बाहिरिएका देउवा अन्तिममा अध्यादेशको विपक्षमा उभिएका हुन् ।

प्रतिकृया