• 6:04 pm

‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चलको घोषणा

प्रकाशित मिति

२०८१ आश्विन ३० गते, बुधबार १२:५१

असोज ३० , २०८१ काठमाडौँ: निर्देशक निश्चल बस्नेतले आफ्नो फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने घोषणा गरेका छन् ।

हल सञ्चालकहरूले अकुपेन्सी नहुँदा पनि हिन्दी चलचित्रहरूले हल दिएको तर, अकुपेन्सी हुँदा पनि नेपाली चलचित्रहरूलाई शो नदिने गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले भोलिदेखि देशभरका सबै हलमा आफ्नो फिल्म नचलाउने बताए । बस्नेतले भने, ‘हाम्रो चलचित्रलाई हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्सलाई धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलमा नलगाउने निर्णय गरेका छौं ।’

उनले अब ओटीटीको समस्या समाधान गर्दै एमएसएम भिडिओमा चाँडै भेट्ने बताएका छन् ।

प्रतिकृया