• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

विश्व खाद्य दिवस मनाइँदै, खाद्य सुरक्षा र पौष्टिक खानामा जोड

प्रकाशित मिति

२०८१ आश्विन ३० गते, बुधबार १२:५४

असोज ३० , २०८१ काठमाडौँ: आज बुधबार विश्व खाद्य दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर १६ मा संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा विश्व खाद्य दिवस मनाइन्छ ।

उक्त संगठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो । संघको सन् १९४५ अक्टोबर १६ मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बिसौँ साधारण सभाले संगठनकोे स्थापना भएको दिन पारेर खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ ।

Kamana Sewa

विश्वभरी खाद्यान्न संकट र भोकमरीको विरुद्ध ऐक्यबद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाइन्छ ।

Classic Tech Desktop

यसपाली ‘राइट टु फुड फर अ बेटर लाइफ एन्ड बेटर फ्युटर’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । यसको अर्थ राम्रो जीवन र राम्रो भविष्यका लागि खान पाउने सबैको अधिकार भन्ने लाग्दछ । यो दिन खाद्य सुरक्षा र सबैका लागि पौष्टिक खानामा पहुँच सुनिश्चित गर्नमा जोड दिइन्छ ।

प्रतिकृया