• ४ साउन २०८३, सोमबार
  • ९:२१ बेलुका

प्रभु बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड पचहत्तर लाख रुपैयाँ प्रदान

प्रकाशित मिति

२०८१ आश्विन २१ गते, सोमबार ०२:५८

असोज २१ , २०८१ काठमाडौँ: यही असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परीप्रेक्षमा राष्ट्रिय विपदको यस दुःखद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रभु समुह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आज मिति २०८१÷०६÷२१ गते एक कार्यक्रमका बीच प्रभु समुहका अध्यक्ष माननीय श्री देवी प्रकाश भट्टचन ज्यूले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सम्माननिय प्रधानमन्त्री श्री के.पीे. शर्मा ओली ज्यूलाई रु. १,७५,००,०००÷— (अक्षरेपी एक करोड पचहत्तर लाख रुपैयाँ मात्र) को चेक हस्तान्तरण गर्नु भयो ।

प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समुहले गरेको छ ।

Kamana Sewa

साथै प्रभु समुह बाढी तथा पहिरोबाट घाइते नागरीकहरुको सिध्र स्वास्थलाभको कामना र मृतकजन प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछ ।

Classic Tech Desktop

प्रतिकृया