• २ असोज २०८३, शुक्रबार
  • ८ः१७ राती

भारतीय विदेशसचिव मिस्री काठमाडौं आइपुगे

प्रकाशित मिति

२०८१ श्रावण २७ गते, आईतवार १०:३५

साउन २७, २०८१ काठमाडौँ: परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुगेका छन्।

National Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उ‍नलाई स्वागत गरिन्। परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ।

साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतका विदेशसचिवको यो भ्रमण नियमित हो। उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन्।

उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन्।

विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किनेछन्।

प्रतिकृया