• ५ साउन २०८३, मंगलबार
  • ५:०१ बेलुका

ललितपुरका सर्वेक्षक यादवसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८१ श्रावण २४ गते, बिहीबार १०:२६

साउन २४, २०८१ काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय, ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी व्यवसायी रामबाबु भुजेलविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूमाथि जग्गा हालसाविक गरिदिने भनी ४ लाख रूपैयाँ घूस लिएको आरोप छ।

Kamana Sewa

यादव र भुजेललाई अख्तियारले चार लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

Classic Tech Desktop

प्रतिकृया