क्याप्टेन र चार चिनियाँ नागरिक सवार एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना
प्रकाशित मिति
२०८१ श्रावण २३ गते, बुधबार ०३:३०
साउन २३, २०८१ काठमाडौँ: नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ मा रहेको एक डाँडामा ठोक्किएर दुर्घटनामा भएको बताइएको छ ।
एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए । त्यसबाहेक हेलिकोप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । जसमा यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी रहेका छन् ।

हेलिकोप्टरमा पड्किएर आगो लागेको स्थानीयले सुनेका थिए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

अहिले त्यहाँ चाज जनाको शवसमेत भेटिएको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, “दुई पुरुष, एक महिला र एक जनाको चिन्न नसकिने अवस्थाको शव प्रहरीले निकालेको छ ।”
त्यसतर्फ पर्यटनमन्त्री बद्री पाण्डे घटनास्थलतर्फ जाँदैछन् । त्यहाँको अवस्था बुझ्न उनी त्यतातर्फ लागेका हुन् ।
हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर ५४ मिनेटमा उडेको थियो ।




प्रतिकृया