• १६ भदौ २०८३, बुधबार
  • १०:५५ बिहान

ललितपुरमा फैलँदै हैजा, चार जिल्लामा ३० जना संक्रमित

प्रकाशित मिति

२०८१ श्रावण २२ गते, मंगलवार १२:५०

साउन २२, २०८१ काठमाडौँ: पछिल्ला १४ दिनमा देशभर ३० जनामा हैजा संक्रमण देखिएको छ । गएको जुलाई १९ देखि यही अगस्ट १ सम्म चार जिल्लामा गरी ३० जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

ललितपुरमा सबैभन्दा धेरै १९ जनामा हैजा देखिएको छ । काठमाडौंमा एक, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको छ ।

Kamana Sewa

संक्रमित हुनेमा १८ पुरुष र १२ महिला छन् । १४ वर्षमुनिका ६ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया