• ५ साउन २०८३, मंगलबार
  • ४:५१ बेलुका

नारायणीले सतर्कता तह पार गर्ने, यी जिल्लामा बाढीको जोखिम

प्रकाशित मिति

२०८१ असार २७ गते, बिहीबार १०:३०

असार २७, २०८१ काठमाडौँ: देशका सानाठूला केही नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नारायणी नदी देवघाटमा जलसतहले सतर्कता तह पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय हुँदा निरन्तर वर्षासँगै नारायणीमा भोलि समेत बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

मर्स्याङ्दी नदी विमलनगरमा पनि जलसतह सतर्कता तहनजिक पुग्ने महाशाखाको अनुमान छ । नदीतटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन सचेत गराइएको छ ।

Kamana Sewa

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्र्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी र अर्घाखाँची भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने अनुमान छ । केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

यस्तै, ताप्लेजुङ, संखुवासभा, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीको बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्दो हुनेछ । पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीको जलसतह पनि उल्लेख्य बढ्दो हुने अनुमान छ ।

प्रतिकृया