• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

लागु औषध कोकिन १ किलो २४७ ग्राम सहित २ जना विदेशी नागरिकहरु पक्राउ

प्रकाशित मिति

२०८१ असार २० गते, बिहीबार ११:०६

असार २०, २०८१ काठमाडौँ: विभिन्न मुलुकहरुबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरीकहरूको यस ब्यूरोद्वारा निरन्तर निग्रानी गर्दै जाने क्रममा अवैध लागु औषध कोकिनको कारोबारमा संलग्न अन्तराष्ट्रिय गिरोहका निम्न विदेशी नागरिकहरुलाई लागु औषध कोकिन सहित यस व्युरोद्वारा पक्राउ गरिएको छ ।

मिति २०८१।०३।०९ गते Quatar Airway को उडान द्वारा नेपाल आएका तान्जानियन नागरिक बर्ष ४६ का RAMADHANI SIMBA MWABUMBA र बर्ष ५२ का TWALIB KIPEVU PASHUA लाई जिल्ला काठमाण्डौ का.म.न.पा. १६ ठमेल स्थित एक होटेलबाट अवैध लागु औषध कोकिनका ७२ क्याप्सुल सहित पक्राउ गरिएको छ । निजहरुको साथबाट फेला परेको क्याप्सुलहरुबाट जम्मा १ के.जी. २४७ ग्राम लागु औषध कोकिन बरामद गरिएको छ । उक्त प्लाष्‍टिक कोटेड कोकिनका क्याप्सुलहरु निजहरुले Ethopia को Addis Ababa पुगी निलेर (Swallow) काठमाण्डौ आएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

Kamana Sewa

साथै निजहरू उपर लागु औषध नियन्त्रण ऐन, २०३३ वमोजिम आवश्यक कारवाही भईरहेको पनि बताएकाे छ ।

Classic Tech Desktop

प्रतिकृया