• ५ साउन २०८३, मंगलबार
  • ४:५२ बेलुका

ऋणी र साक्षीको जग्गा अध्यक्ष र सचिवद्धारा कब्जा

प्रकाशित मिति

२०८१ असार १९ गते, बुधबार ११:३६

असार १९, २०८१ काठमाडौँ: सर्वहारा वर्गको आर्थिक अवस्था उकास्ने उद्देश्य अनुरुप खोलिएका सहकारी संस्थाले बचतकर्ता मात्र नभई ऋणीसदस्यहरुलाई समेत ठगी गर्दै आएको पाएको छ । चर्को ब्याजसँगै बार्षिक ६ देखि ९ प्रतिशतसम्म सेवा शुल्क र हर्जनाको नाममा अचकाली रकम लिदै ऋणीसदस्यहरुलाई समेत ठग्दै आएको भेटिको हो । बैंकले भन्दा सहज तरिकाले कर्जा दिने र अन्ततः ऋणी सदस्यहरुको चल अचल सम्पती नै हड्प्ने जस्ता हर्कत सहकारी संस्थाले गर्दै आएको भेटिएको छ ।

यस्तै राजधानीको किर्तिपुर नयाँ बजार स्थित रहेको देय् धुकू बहुउद्देश्यीय सहकारी संस्था मार्फत ७ लाख २५ हजार कर्जा दिई संस्थाका सञ्चालक तत्कालिन उपाध्यक्ष हालका अध्यक्ष राजेन्द्र तण्डुकार र सचिव सुन्दर के.सीले करोडौंको सम्पती हड्पेको आरोप पिडित धन बहादुर महर्जनले लगाएका छन । सो संस्थाले अस्वभाविक ऋण देखाएर मिटरब्याज शैलिमा रकम अशुल्दै ऋणीको नामको जग्गा हड्प्न कपाली तमसुकसमेत गरेको भेटिएको छ । कपाली तमसुकमा ०६६ साल चैत १२ गते (अज्ञात) कर्जा कति हो भन्ने उल्लेख नगरिएको कर्जाको साँवा ब्याज र हर्जनासमेत हिसाब गर्दा १ करोड ६८ लाख हुन आएको ०७२ असार १ गतेको मितिमा बनाएको कपाली तमसुकमा जनाएको छ भने ३८ लाख सहकारी संस्थाले मिनाह गरी १ करोड ३० लाख तिर्नु पर्ने उल्लेख गरिएको छ ।

Kamana Sewa

सहकारी संस्थाको दुरुपयोग गर्दै सञ्चालकद्य तण्डुकार र के.सीले व्यक्तिगत फाईदाका लागि कार्य गरेको सो कपाली तमसुकले स्पष्ट पार्दछ । ऋणीले धितो दृष्टिबन्धक राखेको जग्गा कर्जा नतिरेको अवस्थामा सार्वजनिक सुचना प्रकाशित गरी लिलाम गर्नु पर्नेमा सञ्चालक तण्डुकार र के.सीले आफ्नै नाममा राजिनाम पास गरेर लिएको पाएको छ । त्यतिमात्र नभई संस्थाले दृष्टिबन्धक राखेको जग्गा फिर्ता गरी त्यसको सट्टामा अन्य जग्गा रजिष्टेशन पारित गरी सहकारीका उपाध्याक्ष राजेन्द्र तण्डुकार र सचिव सुन्दर के.सीलाई दिनुपर्ने भनिएको छ ।

Classic Tech Desktop

सहकारी संस्थाले दृष्टिबन्धक राखेको किर्तिपुर न.पा वडा ८ बाहिरी गाऊ स्थितको किता नं. १५२ को क्षेत्रफल ०–१४–०–० आना जग्गा फुकुवा गरी संस्थाका सञ्चालकको व्यक्तिगत नाममा किर्तिपुर न.पा वडा ८ बाहिरी गाऊ स्थितको किता १४९ को १–५–०–० एक रोपनी पाँच आना, किता नं. १२४ को ०–८–० आना र किता नंं.१५१ को ०–१–२–० एक आना दुई पैसा जग्गा राजिनामा पास गरेर लिएको पाएको हो । तीन किता गरेर जम्मा १ रोपनी १४ आना २ पैसा जग्गा सहकारीका सञ्चालकको नाममा राजिनामा पास गरेर लिएको पिडितले बताएका छन । पूर्खौली सम्पती रहेको सो जग्गाका अंसियार बुद्ध महर्जनको भाग समेत सहकारीले लिएको अर्का पिडित बुद्ध महर्जनले बताए । त्यसै गरी धनबहादुर महर्जनको मात्र नभई भावना कसजुको नाममा किर्तिपुर न.पा वडा ४ मच्छेगाँउ रहेको ६ घ किता नं. १५१ क्षेत्रफल १–३–०–० जग्गा पनि बर्तमान अध्यक्ष राजेन्द्र तण्डुकार र सचिव सुन्दर के.सीले व्यक्तिगत नाममा राजिनामा पास गरेर लिएको पाएको छ ।

प्राप्त कागजातका उल्लेख अनुसार संस्थाबाट कर्जा दिई सञ्चालकको नाममा ऋणी सदस्यबाट जग्गा राजिनामा पास गरेर लिएको खुल्न आएको छ । यसै विषय संस्थाका तत्कालिन उपाध्यक्ष हालका अध्यक्ष राजेन्द्र तण्डुकारसग बुझ्दा उल्टै झोले पत्रकार, तलाई किन चाहियो ? समाचार लेखिस भने ठिक पार्ने धम्की दिदै फोनको लाईन काटे भने फेरी गर्दा फोन उठेन । अध्यक्षको धम्की पछि धन बहादुर महर्जनको नामको जग्गा आफ्नो नाममा राजिनामा पास गरेर लिने मध्य संस्थाका सचिवसमेत रहेका सुन्दर के.सीलाई बुझ्दा सबै सहमतीमा गरेको बताए । सहकारीले धितो बन्धक राखेको जग्गा लिलाम गर्नुको सट्टा फिर्ता गरेर व्यक्तिगत नाममा जग्गा पास गरेर लिन मिल्छ भन्ने जिज्ञासामा सचिव के.सी भन्छन जग्गा पास गरेर सहकारीको हिसाव मिलाएको हो । सबै कुरा भन्नलाई तपाई को हो ? भन्दै उल्टै प्रश्न गर्दै फोन राखिदिए ।

देय् धुकु बहुउद्देश्यीय सहकारी संस्थाबाट धितो फुकुवा गराई ऋणीका नाममा रहेको अन्य जग्गा संस्थाका सञ्चालक आफ्ैले राजिनामा पास गरेर लिएको पाइएको विषयमा सहकारी विभागका प्रवक्ता टोलराज उपाध्यायलाई बुझ्दा यदि सहकारी संस्थाका सञ्चालकले सो बमोजिम कार्य गरिएको हो भने सहकारी ऐन विपरित हुने बताए । सहकारी संस्था रहेको क्षेत्र हेर्ने नियामिक निकायमा उजुरी गरे संस्थालाई कारवाही हुने पनि प्रवक्ता उपाध्यायले बताए । सहकारी संस्थाको नाममा सञ्चालक तण्डुकार र के.सीले फिर्ता गर्ने सर्तमा कपाली तमसुक गरी ऋणी र साक्षी दुवैको जग्गा राजिनामा पास गरी लिएको प्राप्त कागजातले नै पुष्टी गर्दछ ।

प्रतिकृया