• ७ असोज २०८३, बुधबार
  • ४ः४९ बेलुका

एमसीसी र बीआरआईको अन्तर के हो प्रष्ट पार्नुपर्छ : चित्रबहादुर केसी

प्रकाशित मिति

२०८१ असार १३ गते, बिहीबार ०३:०८

असार १३, २०८१ काठमाडौँ: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चिनियाँ सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई नेपालले स्वीकार गर्नुपर्ने बताएका छन् ।

National Life

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्दा चीनको बीआरआई स्वीकार गर्न किन नहुने भनी प्रश्न गरे ।

उनले एमसीसी र बीआरआईबीचको अन्तर के हो नेपाली जनतालाई प्रष्ट पार्नुपर्ने बताए । ‘बीआरआईलाई स्वीकार गर्‍यो भने ऋणमा चुर्लुम्म डुब्छ भन्ने भान पार्न खोजिएको छ, अमेरिकनहरुले एमसीसीको भारी बोकाउँदा, नेपाली जनताले चारैतिर असहमति राख्दा, विरोध गर्दा, आन्दोलन गर्दा यहाँका शासकहरुको भाषा के थियो ?’, केसीले प्रश्न गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

चीनसँग सैद्धान्तिक राजनीतिक रुपमा आफूहरुको पनि असहमति रहेको भन्दै उनले बीआरआईको माध्यमबाट चीन नेपाल आउन खोजेकाले स्वीकार गर्नुुपर्ने बताए ।

‘एमसीसीको पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र चीनविरोधी अखडा नेपाललाई अमेरिकाले गराउने जुन षड्यन्त्र छ, यसमा नेपाली जनता सतर्क हुनुपर्छ’, केसीले भने ।

उनले नेपाललाई २४ खर्बको ऋण लगाएको बीआरआईले हो भन्ने प्रश्न पनि गरे ।

प्रतिकृया