• 3:20 pm

लमजुङमा पहिरोमा परि चार जनाको मृत्यु

प्रकाशित मिति

२०८१ असार १२ गते, बुधबार ११:२५

असार १२, २०८१ काठमाडौँ: लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । बगुम स्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिए ।

पहिरोमा परि ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरुङ र ५ वर्षिया नम्रता गुरूङकाे मृत्यु भएको छ ।

रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडा सदस्य घलेले बताए । पहिरोमा परि चित्रका भाइ भिमबहादुर घले घाइते भएका छन् ।

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिएका छन् ।

प्रतिकृया