• २५ भदौ २०८३, बिहीबार
  • ८ः५७ राती

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच शिष्टाचार भेट

प्रकाशित मिति

२०८१ असार १२ गते, बुधबार १२:०१

असार १२, २०८१ काठमाडौँ: उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

National Life

बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङले दुई पक्षीय शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, नेपालसँग जोडिएका सीमा नाकाहरू सुचारु गर्ने सम्बन्धमा समेत मन्त्री श्रेष्ठले छलफल गरेका छन् ।

प्रतिकृया