• ४ साउन २०८३, सोमबार
  • २:३५ बिहान

घट्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०८१ असार १२ गते, बुधबार ११:२२

असार १२, २०८१ काठमाडौँ: नेपाली बजारमा बुधबार पहेँलो धातु सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खस्केको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १७ सय ९० रुपैयाँमा झरेको हो ।

Kamana Sewa

प्रतिकृया