• 8:03 am

प्रतितोला ६०० रुपैयाँ घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०८१ असार ३ गते, सोमबार १२:०८

असार ३, २०८१ काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० मा कारोबार भएको थियो । तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार १०० मा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८२० मा कारोबार भएको थियो ।

प्रतिकृया