• ४ साउन २०८३, सोमबार
  • ९:३४ बेलुका

‘एनिमे, भिडियो गेम’लगायत क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य

प्रकाशित मिति

२०८१ जेष्ठ २५ गते, शुक्रबार ०९:०६

जेठ २५, २०८१ टोकियो : पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन (एनिमे) को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुर्‍याउने लक्ष्य राखेको सरकारले जनाएको छ ।

‘ड्र्यागन बल’, ‘सुपर मारियो’ र ‘फाइनल फ्यान्टसी’जस्ता खेलहरूको उद्गमस्थल र हास्य र कार्टुनका लागि प्रसिद्ध जापानले रचनात्मक उद्योगलाई राष्ट्रिय विकासको मुख्य श्रोतको रूपमा लिएको छ ।

Kamana Sewa

जापानले मङ्गलबार जारी गरेको संशोधित आर्थिक रणनीति ‘कुल जापान’ अन्तर्गत सरकारले सन् २०३३ सम्ममा यी सांस्कृतिक सम्पत्तिको निर्यातलाई २० ट्रिलियन येन (करिब एक खर्ब ३० अर्ब अमेरिकी डलर) पुर्याउने लक्ष्य राखेको बताएको छ ।

Classic Tech Desktop

हालका वर्षहरूमा, एनिमे र मान्गाजस्ता सामग्रीले विश्वको ठूलो जनसङ्ख्यामा युवा दर्शकहरूलाई आकर्षित गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको रणनीतिको दस्तावेजमा जनाइएको छ ।

यी क्षेत्रहरु साथै फेसन, कस्मेटिक्स र ‘इनबाउन्ड टुरिजम’लगायतका सम्बन्धित उद्योगहरूको वृद्धिलाई मिलाएर जापानले सन् २०३३ सम्ममा ५० ट्रिलियन येनको आर्थिक लाभको लक्ष्य राखेको छ ।

यस रणनीतिमा अङ्ग्रेजी र भियतनामीलगायत भाषाहरूमा अवैध रूपमा एनिमे र मान्गा निःशुल्क वितरण गर्ने पाइरेसी वेबसाइटहरूमाथि कडा कारबाही गर्ने योजना पनि समावेश रहेको छ ।

विश्वव्यापी बजार विस्तार गर्न पाइरेसी वेबसाइटविरुद्धको उपायलाई सुदृढ पार्न आवश्यक रहेको ‘कुल जापान’ रणनीतिमा उल्लेख गरिएको छ ।

प्रतिकृया