सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
प्रकाशित मिति
२०८१ जेष्ठ २४ गते, बिहीबार १२:४०
जेठ २४, २०८१ काठमाडौँ: नेपाली बजारमा बिहीबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार रुपैयाँ कायम गरिएको छ । स्थानीय बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोबार भएको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिकृया