• २५ भदौ २०८३, बिहीबार
  • ८ः२३ राती

शेयर बजार ५.५८ अंकले घट्याे, कारोबार रकम ३ अर्ब ९९ करोड

प्रकाशित मिति

२०८१ जेष्ठ २३ गते, बुधबार ०३:२२

जेठ २३, २०८१ काठमाडौँ : सेयर बजार निरन्तर उतारचढावमा देखिएको छ। गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता आइतबार सुधारको संकेत देखिए पनि त्यसयता नै लगातार तलमाथि सामान्य अंकको उतारचढावमा देखिएको छ।

National Life

सेयर बजार गएको साता नै धरमर हुँदै ६१.९१ अंकले घटेको थियो । यो साता पहिलो कारोबारमा आइतबार १३.५१ अंकले बढेको बजार सोमबार ३.९७ अंकले घटेको थियो। मंगलबार ६.२२ अंकले बढेर बजार २०८५.३० बिन्दुमा पुगेको थियो ।

बुधबार ५.५८ अंकले घटेर बजार २०७९.७१ बिन्दुमा झरेको छ। ८३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ। १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा स्थायी सुधारको आधार स्पष्ट देखिँदैन।

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले सुधारतर्फको संकेत गरे पनि त्यो निरन्तर हुन सकेको छैन। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका छन्।

प्रतिकृया