प्रधानमन्त्री दाहालद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई
प्रकाशित मिति
२०८१ जेष्ठ २३ गते, बुधबार ११:०८

जेठ २३, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री दाहालले चुनावी सफलताका निम्ति सामाजिक सञ्जाल ट्वीटरमार्फत् मोदीलाई बधाई दिएका हुन् । ‘लोकसभा निर्वाचनमा बीजेपी र एनडीएलाई लगातार तेस्रो कार्यकालको चुनावी सफलताका निम्ति बधाई व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री दाहालले लेखेका छन् ।
यसका साथै दाहालले भारतीय जनताको उत्साहपूर्वक सहभागितामा विश्वकै ठूलो लोकतान्त्रिक अभ्यास सम्पन्न गरेकोमा आफू खुसी भएको जनाएका छन् ।
भारतीय जनता पार्टी(बिजेपी) २४०, इन्डियन नेशन कंग्रेस(आइएनसी)ले ९९ सय, समाजवादी पार्टी(एसपी) ३७, अल इन्डिया त्रिणमुल कंग्रेस(एआइटिसी)ले २९ र डिएमकेले २२ सिट प्राप्त गरेका छन् ।
बिजेपीले एक्लै बहुमत ल्याउन नसके पनि एनडिए अलाइन्सले भने सुविधाजनक बहुमत हासिल गरेको छ ।
प्रतिकृया