• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

आज विश्व वातावरण दिवस, विविध कार्यक्रमगरी मनाइँदै

प्रकाशित मिति

२०८१ जेष्ठ २३ गते, बुधबार ११:११

जेठ २३, २०८१ काठमाडौँ: आज विश्व वातावरण दिवस- २०२४ नेपालमा पनि विविभ कार्यक्रम गरी मनाइँदै छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ ।

Kamana Sewa

सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो ।

Classic Tech Desktop

त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ । आज नेपालमा पनि विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले भद्रकालीबाट बसन्तपुरसम्मका लागि पत्रयात्रा गरेका छन् ।

बिहान भएको उक्त पदयात्रामा उपसभामुख इन्दिरा राना मगरलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिकृया