प्रेम सुवालको प्रश्न- सदनमा उठेका विषय छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारण के हाे ?
प्रकाशित मिति
२०८१ जेष्ठ २० गते, आईतवार ०२:१०
जेठ २०, २०८१ काठमाडौँ: नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय समितिले मिलेमतोमा सत्य दबाइने चर्चा चलेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने चर्चा जनतामा चलेको बताएका हुन् ।
‘सहकारी संस्थाको रकम ठगी सम्बन्धी छानबिन गर्न गठन भएको संसदीय समिति सत्ता र प्रतिपक्षबीचको मिलेमतोमा सत्य दबाइने जनतामा चर्चा छ,’ सुवालले भने ।
उनले गिरीबन्धु टि–स्टेट, टीकापुर जग्गा प्रकरण, टेरामेक्स प्रकरणलगायतका सदन र सदन बाहिर उठेका विषयहरूको छानबिन गर्न संसदीय समिति गठन नगरिनुको कारणबारे पनि प्रश्न गरे ।
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया