• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या, ७ जना पक्राउ

प्रकाशित मिति

२०८१ जेष्ठ ६ गते, आईतवार ०३:१३

जेठ ६, २०८१ काठमाडौँ: ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भई हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का नेपाल प्रहरीमा कार्यरत थिए।

घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका १६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ।

Kamana Sewa

पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण १ घर भई हाल बालाजु जरंखु, मनमैजु स्थानहरूमा सडकपेटी निर्माण घरहरूमा आश्रय बनाइ बस्ने वर्ष २१ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भई हाल बालाजु जरंखु, मनमैजु लगायतका स्थानहरूमा सडकपेटी निर्माणाधीन घरहरूमा आश्रय बनाइ बस्ने वर्ष १८ की अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भई हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानहरूमा सडकपेटी निर्माणाधीन घरहरूमा आश्रय बनाइ बस्ने वर्ष २१ की बिपना वसन्ती भन्ने वसुन्धरा कार्की रहेका छन्।

Classic Tech Desktop

यस्तै स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भई हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानहरूमा सडकपेटी निर्माणाधीन घरहरूमा आश्रय बनाइ बस्ने वर्ष ५६ की नुनमाया कार्की, नुवाकोटको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताउनुभयो।

घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको बताउनुभयो। प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको बताउनुभयो।

घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको बताउनुभयो। त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य विरोध शुरु भएको अवस्था पत्ता लागेको जानकारी दिनुभयो। युवराज घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको भन्ने कुरा बुझिन आएको अनुसन्धान जारी रहेको बताउनुभयो।

अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्‍याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, लामाहरू भई घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरेको देखिएको बताउनुभयो।

घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको बताउनुभयो। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रवार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो।

प्रतिकृया