सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन
प्रकाशित मिति
२०८१ जेष्ठ ६ गते, आईतवार ०३:४१
जेठ ६, २०८१ काठमाडौँ: सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खबरदारी जुलुस निकालेको छ ।
नेविसंघले आइतबार दिउँसो माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघ केन्द्रीय कमिटीको आयोजनामा विभिन्न क्याम्पस र इकाइहरुबाट मोटरसाइकल र्याली सहित माइतीघरमा भेला भइ उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनीमा निस्किएका बिद्यार्थीहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधा तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध चर्का नारा लगाएका थिए।
नेविसंघले खास गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धका विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेको हो ।
प्रतिकृया