• २१ असोज २०८३, बुधबार
  • ७ः४३ बिहान

राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः माधव नेपाल

प्रकाशित मिति

२०८१ जेष्ठ ५ गते, शनिबार ०५:११

जेठ ५, २०८१ काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका छन्।

National Life

शनिबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको टिप्पणी गरे।

उनले राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको आरोप लगाए। उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताए। उनले देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्नेमा जोड दिए। देशमा स्थायित्व र वामपन्थीहरुबीचको एकता र समझदारी नयाँ उचाईमा पुग्नुपर्ने उनको भनाइ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी बिजी कोही पनि छँदै छैन होला। हमी त खाली तमासा हेरेर बस्ने मान्छे हो। हामी यी सबै घटनालाई नियालिरहेका छौँ।’

प्रतिकृया