• 8:20 am

ललितपुरको ग्वार्कोस्थित टहरोमा आगो लागेर घाइते भएका चारजनाकै मृत्यु

प्रकाशित मिति

२०८१ जेष्ठ ६ गते, आईतवार ११:२१

जेठ ६, २०८१ काठमाडौँ: ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा लागेको आगलागीमा परेर घाइते भएका पाँचजनामध्ये चारजनाको मृत्यु भएको छ । चारजनाकै उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो ।

गएको वैशाख २३ मा भएको आगलागीमा परेर रौतहटका सञ्जय गिरी, उनकी श्रीमती रूपासहित आठ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा घाइते भएका थिए । जसमध्ये रूपासहित दुवै छोरीहरूको मृत्यु यसअघि नै भएको थियो । शनिबार सञ्जय थापाको समेत मृत्यु भएको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

अर्का घाइते सञ्जयका भतिज १५ वर्षीय नित गिरीको भने उपचार जारी छ । उनी सामान्य अवस्थामा छन् । नितले विभिन्न ठाउँबाट संकलन गरेर ल्याएको डढेको मोबिलमा लाइटर बालेपछि आगो लागेको खुलेको थियो ।

प्रतिकृया