• 10:26 pm

बझाङमा एमाले दोब्बर मतले अगाडि

प्रकाशित मिति

२०८१ बैशाख १६ गते, आईतवार ०४:३६

वैशाख १६, २०८१ काठमाडौँ: बझाङ क्षेत्र नम्बर १ ‘क’ मा नेकपा (एमाले)को अग्रता कायम छ ।

एमालेका दमनबहादुर भण्डारीले ७५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले ३८० मत प्राप्त गरेका छन् । भण्डारी ३७७ मतले अघि छन् ।

नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले २२६ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।

प्रतिकृया