• 3:59 am

चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा

प्रकाशित मिति

April 21, 2024

वैशाख ९, २०८१ काठमाडौँ: म्यानचेस्टर सिटी एफएकप फुटबलको फाइनल प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनायो। सिटीको जितमा बर्नान्डो सिल्भाको एकमात्र गोल निर्णायक बन्यो ।

केहीदिन अघिमात्र घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको सिटीले चेल्सीलाई हराएर पुनरागमन गरेको हो। अधिकांस समय गोलरहित बराबरी भएको खेलमा सिटीका लागि बर्नान्डो सिल्भाले केभिन डि ब्रइनेको क्रसलाई निर्धारित समय ६ मिनेट बाँकी रहँदा गोलमा परिणत गरेका थिए ।

सिटीले च्याम्पियन्स लिगको फाइनल सम्भावना गुमाएपनि उसँग अझै प्रिमियर लिग र एफए कप जित्न सक्ने सम्भावना भने कायम रहेको छ। सिटीले अब उपाधिका लागि म्यान्चेस्टर युनाइटेड र च्याम्पियन्ससिप क्लब कोभन्ट्री सिटी मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिकृया