• ७ असोज २०८३, बुधबार
  • १०ः५५ राती

गठबन्धनलाई सफल बनाउन एमालेले सम्पूर्ण सामर्थ्य केन्द्रित गर्नेछः ओली

प्रकाशित मिति

२०८१ बैशाख ८ गते, शनिबार ०६:१२

वैशाख ८, २०८१ काठमाडौँ: सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणलाई दिगो, परिणामूखी र सफल बनाउन एमालेले सम्पूर्ण सामर्थ्य केन्द्रित गर्ने बताएका छन्।

National Life

शनिबारबाट ललितपुरको गोदावारीस्थित सनराइज हलमा सुरु भएको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले जनताको मनमा यस सहकार्यको दिगोपनामाथि आशंका रहेको उल्लेख गर्दै त्यसको खण्डन पनि कुनै मन्तव्य वा वक्तव्यबाट नभइ व्यवहारबाटै दिने बताए।

उनले जनतामा व्याप्त निराशा चिर्ने र देश अघि बढ्छ भन्ने विश्वास जगाउने गरी तीव्र रफ्तारका साथ काम गर्न सरकारलाई पनि सुझाव दिए । राजनीतिलाई सधैंभरी प्रयोगको थलो बनाइराख्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसखालको गतिविधि गरे आफैं फस्न सकिन्छ भन्ने तथ्यलाई हेक्का राख्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सचेत गराए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘…राजनीतिलाई सधैंभरी प्रयोगको थलो बनाइराख्न सकिँदैन । त्यसो गर्न थालियो भने कुनै दिन आफैँद्वारा निर्मित व्यूहमा फस्न सकिन्छ भन्ने तथ्यलाई सबैले हेक्का राख्नुपर्छ। हाम्रो पार्टी यस सहकार्यलाई दिगो, परिणाममुखि, सफल बनाउन आफ्नो सम्पूर्ण सामर्थ्य केन्द्रित गर्नेछ,’ उनले भने ।

प्रतिकृया