• ६ असोज २०८३, मंगलबार
  • ९ः२८ राती

नेपाल बैंकको नाफा घट्यो

प्रकाशित मिति

२०८१ बैशाख ७ गते, शुक्रबार ११:२९

वैशाख ७, २०८१ काठमाडौँ: नेपाल बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा बैंकको नाफामा ९२.६८ प्रतिशतको गिरावट देखिएको छ । यसअनुसार गत वर्षको तेस्रो त्रैमासमा बैंकले रु.१ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा यस वर्ष जम्मा रु। १३ करोड ५ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।

National Life

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.८५ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा एनपीएल ४।१६ प्रतिशत थियो । खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । योसँगै यो चार्ज ३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष इम्पेयरमेन्ट चार्ज १ अर्ब ४८ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफामा पनि ह्रास आएको छ । जुन रु। १ अर्ब ४ करोड रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ थियो। यस्तै, बैंकको सञ्चालन मुनाफामा पनि गिरावट आएको छ । समिक्षा अवधिमा बैंकको स१चालन मुनाफा रु। ५८ करोड ५३ रुपैयाँ छ । अघिल्लो वर्ष भने यस्तो नाफा रु। २ अर्ब २२ करोड रुपैयाँ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

ब्याज आम्दानी भने बढेर ६ अर्ब ७७ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ६ अर्ब ४९ करोड रुपैयाँ थियो। चुक्तापुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर २२ अर्ब ५६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २१ अर्ब ८२ करोड रुपैयाँ थियो ।

तेस्रो त्रैमासमाा बैंकले रु। २ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

प्रतिकृया