• ६ असोज २०८३, मंगलबार
  • ८ः४७ राती

एभरेष्ट बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मुनाफा पौने ३ अर्ब

प्रकाशित मिति

२०८१ बैशाख ७ गते, शुक्रबार ११:२१

वैशाख ७, २०८१ काठमाडौँ: एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ५.७६ प्रतिशतले बढेको छ।

National Life

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३६ करोड रुपैयाँ थियो। बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा ३१.१७ रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात एनपीएल ०.७० प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.७० प्रतिशत नै थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा ६३ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा ५५ करोड १४ लाख रुपैयाँ छुट्याएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब ५२ करोड रुपैयाँ थियो। ब्याज आम्दानी पनि बढेर ५ अर्ब ६३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ५ अर्ब ५८ करोड २४ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ११ अर्ब ७६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १५।४९ प्रतिशतले बढेर ११ अर्ब ९२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १० अर्ब ३२ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ।

प्रतिकृया