प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड
प्रकाशित मिति
२०८१ बैशाख ७ गते, शुक्रबार १२:०१
वैशाख ७, २०८१ काठमाडौँ: प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक थियो। बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा ०.९४ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात एनपीएल ४.८१ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.४८ प्रतिशत थियो ।
बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा २ अर्ब ७१ करोड रुपैयाँ थियो । ब्याज आम्दानी पनि बढेर ८ अर्ब ४३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ६ अर्ब ६८ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
प्रतिकृया