सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका तीनमध्ये दुईजनाको सनाखत
प्रकाशित मिति
२०८१ बैशाख ७ गते, शुक्रबार १०:४४
वैशाख ७, २०८१ काठमाडौँ: सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटनामा परी मृत्यु भएका तीनमध्ये दुई जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी दोलखाको भीमेश्वर नगरपालिकाका शिव श्रेष्ठ र सोही ठाउँका मानबहादुर थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए ।
मृतक एकको भने सनाखत हुन बाँकी छ । दोलखाबाट जन्ती बोकेर आएको बा४ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा शुक्रबार बिहान दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । सिन्धुपाल्चोकका विभिन्न अस्पताल एवं स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Related
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया