• 8:45 am

गायिका एलिनाले कसिन् लगन गाँठो

प्रकाशित मिति

२०८१ बैशाख ५ गते, बुधबार ०१:३४

वैशाख ५, २०८१ काठमाडौँ: गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कसेकी छन् । उनले झापाको बिर्तामोडमा बुधबार विवाह गरेकी हुन् । आजै विष्णु एलिनालाई भित्र्याउने तयारीमा रहेको छन् । विष्णु दुलाहा बनेर मंगलबार नै बागलुङबाट झापा पुगेको बताइएको छ ।

यो जोडीको विवाहमा केही कलाकार र आफन्त उपस्थित भएका छन् । यो जोडीले दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरेको हो । केही समयअघि यो जोडीको प्रेम सम्बन्ध टुटेको चर्चा चलेको थियो । एलिनाले यो विषय झुटो भएको दाबी गर्दै आएकी थिइन् ।

एलिनाका अनुसार विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । उतै भेटघाट भएर दुई जनाबीच निकटता बढेको एलिनाको भनाइ छ ।

प्रतिकृया