• १४ जेष्ठ २०८१, सोमबार
  • 12:46 am

सुजन बागले छेडाए जिब्रो

प्रकाशित मिति

२ बैशाख २०८१, आईतवार १६:४५

वैशाख २, २०८१ काठमाडौँ: भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८, बोडेमा आइतबार जिब्रो छेड्ने जात्रा मनाइएको छ । स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्रांगण रहेको पाटीस्थित मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो । सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगुटोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा छ ।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिंगो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित छ ।

प्रतिकृया