• 1:34 am

सुदूरपश्चिम : मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीले गरे दाबी पेश

प्रकाशित मिति

२०८१ बैशाख २ गते, आईतवार ०३:३५

वैशाख २, २०८१ काठमाडौँ: सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् । उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा) रेशम चौधरी पक्षीय नेता हुन् । उनले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

चौधरीको पक्षमा हस्ताक्षर गर्ने सांसदमा नेकपा (एकीकृत समाजवादी) का समेत रहेको नेपाली कांग्रेसकी सांसद तुलसी देवकोटाले बताइन् । “यहाँ जानकारी पाएअनुसार एकीकृत समाजवादीका माननीयहरूले पनि हस्ताक्षर गर्नुभएको छ,” उनले नेपालभ्युजसँग भनिन् ।

तर, एकीकृत समाजवादीभित्र कसलाई समर्थन गर्ने भन्नेबारे विवाद छ । बताइएअनुसार २ जना सांसद भने त्यहाँ पुगेका छैनन् । चौधरी प्रदेश प्रमुखकहाँ पुगेर दाबी पेश गरिसकेका छन् । त्यसो त यसअघि गठबन्धन सरकारको नेतृत्वमा एकीकृत समाजवादीले दाबी गरेको थियो । केन्द्रीय गठबन्धनमा समेत त्यसबारे समझदारी जुटेको थियो ।

चौधरीले कांग्रेसका १८, नाउपाका ६, एकीकृत समाजवादीका ४ र राप्रपाका १ गरी २९ जनाको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

यता नेकपा (एमाले)-नेकपा (माओवादी केन्द्र) गठबन्धनले पनि मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय गरेको छ । नाउपाका किशोर चौधरीको नेतृत्वमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय गठबन्धनले गरेको थियो । तर, त्यसअगावै लक्ष्मणकिशोरले दाबी गरेका हुन् ।

प्रतिकृया