• २२ भदौ २०८३, सोमबार
  • ३ः४२ राती

पोखरा महानगरका सवइन्जिनियर रोकाय घुससहित पक्राउ

प्रकाशित मिति

२०८० चैत्र २९ गते, बिहीबार १०:५५

चैत्र २९, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सवइन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित पक्राउ गरेको छ ।

National Life

सबइन्जिनियर रोकायलाई पोखरा महानगरपालिका-५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका-८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।

अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा–५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ ।

Classic Tech Desktop

अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया