समृद्धिको मुल बाहाक नै निजी क्षेत्र हाे : पूर्व अर्थमन्त्री महत
प्रकाशित मिति
२०८० चैत्र २८ गते, बुधबार ११:२२
चैत्र २८, २०८० काठमाडौँ: पूर्व अर्थमन्त्री प्रकाश सरण महतले अर्थतन्त्र चलायमान बनाउन बजेट सिस्टममा चल्नु पर्ने बताएका छन् । उधोग वाणिज्य महासंघको महासंघको ५८औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन बजेट सिस्टममा आउनु पर्छ । जब सम्म बजेट सिस्टममा चल्दैन तब सम्म राज्य चल्न सक्दैन ।’
समृद्धिको मुल बाहाक नै निजी क्षेत्र रहेको महतको भनाई रहेको थियो । ‘हाम्रो पाटीले सधै निजी क्षेत्रलाई साथ र सहयोग गर्दै आएको छ । बजेट पनि सिस्टमलाई हामीले सिस्टममा ल्याउँदै थियौँ ’ महतले भने, ‘अर्थतन्त्रमा रहेको सिथिलताले लय लिदैँ थियो त्यो भंग हुने अवस्था मैले देखेको छु । जुन लय र शैली अहिले देखिएको छ।’
व्यवहारले हैन कामले देखाउनु पर्छ नत्र सुधार सम्भव नरहेको महतले बताए । ‘हामी सरकार बाहिर भए पनि हाम्रो ध्यान देशको उन्नतिमा रहेको छ । हामी सरकारले काम गर्न नसकोस भन्नेमा कहिले छैनौं । हामी सधैँ साथ र सपार्टमा नै छौँ । सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नु पर्छ । अनि देश समृद्धितिर जान्छ।’ उनले भने ।
लगानी सम्मेलनको लागि आफु अर्थमन्त्री हुँदा धेरै काम गरेका उनले बताए । उनले भने, ‘लगानी गर्न आउने व्यवसायीलाई विश्वास दिलाउन सरकार तत्पर हुनु पर्छ । कन्ट्री रेटिङको प्रकृया हामीले बढायौँ तर त्यसलाई अहिलेको सरकारले अगाडि बढाएको छैन । नक्कली ईन्टरपेनरले कागजात देखाएर अनुदान लैजान्छन् मैले ब्याजमा अनुदान दिउँ भन्दा त्यो भएन् । कागजी उत्पादन र रोजगारी हुने मात्र हुनेछ ।
प्रतिकृया