• 5:06 pm

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

प्रकाशित मिति

२०८० चैत्र २८ गते, बुधबार ११:०९

चैत्र २८, २०८० काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको हो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यस्तै यसै अवधिमा नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ पुगेको हो । यो अघिल्लो दिन मंगलबारको तुलनामा १५ रुपैयाँले बढी हो ।

प्रतिकृया